बिपनाले आँसु झार्दै गुनासो गरिन्, ‘१४ बर्ष मलाई कसैले सम्झिएन’

काठमाडौंँ । अभिनेत्री बिपना थापा अहिले नेपालमा छिन् । पारिवारिक भेटघाटको सिलसिलामा उनी नेपाल आएकी हुन् । करिव एकसय बढी फिल्म अभिनय गरेकी उनी बिवाहपछि फिल्म अभिनयबाट टाढा भएकी हुन् ।नेपाल आएको अवसर परेकोले पनि उनी शनिबार आयोजित ‘१०औं नेफ्टा अवार्ड’मा सहभागी भएकी छन् । आयोजकले उनलाई अवार्ड समारोहमा सहभागीका निम्तो दिएको थियो ।

कार्यक्रममा अभिनेत्री बिपनाले १४ बर्षसम्म आफुलाई फिल्म क्षेत्रले नसम्झिएको गुनासो गरिन् । ‘१४ बर्षसम्म कसैले मलाई सम्झिएन’ बिपनाले कार्यक्रममा भनिन् आज सम्झदा निकै नै खुशी लागेको छ । बिपनाले आँखभरी आसु पार्दै थपिन् म नेपालमा नभएर पनि होला साय । मेरो सम्झना गरिएन ।

अभिनेत्री थापाले छिट्टै नेपाली फिल्म अभिनय गर्न लागेको समेत उक्त अवसर बताइन् । उनले भनिन् कोरोना अगाडि नै फिल्म गर्ने कुरो थियो । तर त्यो हुन सकेन । अव छिट्टै फिल्म पनि खेल्दैछस । थापाले आफुलले अभिनय गर्ने फिल्मको बारेमा भने केही पनि बताइनन् ।

Source: ratopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x