एनआइसी एसियाले आफ्नो स्वामित्वमा रहेका सेयरहरु लिलामीमा बिक्री खुला, भाउ कति ?

काठमाडौं  : एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ११ हजार ३६६ कित्ता संस्थापक सेयर आज (चैत १० गते) बाट लिलामीमा बिक्री खुला गरेको छ । जसमा नेसनल लाइफ इन्सुरेन्सको ६१ हजार ३६६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर रहेको छ । यसमा चैत १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १५ सय ४० रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४६६ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
Source: nepalipaisa
Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x