संसारकै लामो कालिगण्डकीमा निर्माण गरिएको पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने

बागलुङ– सिंगल स्पान प्रविधिमा संसारकै लामो भनी दाबी गरिएको पुलको नामकरण गर्नेलाई पुरस्कार दिइने भएको छ । बागलुङ र पर्वत जोड्नेगरी कालिगण्डकी नदिमाथि निर्माण गरिएको पुलको नामकरण गर्नेलाई २५ हजार पुरस्कार प्रदान गरिने भएको हो ।
बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे कालिगण्डकी नदिमाथि ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ । ‘सिंगल स्पान’ प्रविधिमा बनेको पुल संसारकै लामो पुल भएको भन्दै बागलुङ नगरपालिकाले ‘गिनिज बुक अफ द वर्ड’ मा दाबी प्रस्तुत गरेको छ । करिब ८ करोडको लागतमा निर्मित १ सय ३८ मिटर अग्लो उक्त पुल गत वैशाख महिनामा सम्पन्न भई सञ्चालनमा आएको छ । पुल सञ्चालनसँंगै विश्वको लामो पुलको रूपमा चर्चा हुन थालेपछि पुल हेर्न आउने आन्तरिक पर्यटका घुइँचो लाग्ने गरेको छ ।
विश्वमै शालिग्राम शिला पाइने एकमात्र कालिगण्डकी नदिमाथि निर्मित विश्वकै लामो पुलको आफ्नो पहिचान स्थापित गर्न पुलको नामकरण गर्न लागिएको बागलुङ नगरपालिकाले जनाएको छ । पुल छेवैमा रहेकोे प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरका कारणसमेत यसको महत्व बढेको छ । पुललाई लामो पुलको रूपमा मात्रै परिचित नगराएर आफ्नै नाम दिएर पर्यटन प्रवद्र्धनमा बढी योगदान दिनसक्ने ठहरसहित पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । पुलको नामकरणका लागि पेस भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ ।
प्राप्त भएका नाममध्येबाट आर्थिक सांस्कृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले बताए । सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् ।

Source: karobardaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x