सेयर बजारमा राम्रो कमाई गर्नका लागि बिहीबार सञ्चालन हुँदैछ निःशुल्क कक्षा

काठमाडौं : नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक, आधारभूत तथा प्राविधिक विश्लेषण तथा कम जोखिममा बढी प्रतिफल सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु सञ्चालन गर्दै आएको छ । नेपाली पैसाले हालैमात्र स्मार्ट वेल्थ–प्रो नाममा सेयर बजारको सूचना, कम्पनी एवं बजार विश्लेषण सहयोगी हुने अत्याधुनिक प्रडक्ट पनि बजारमा ल्याएको छ । अब नेपाली पैसाले आफ्ना तालिमहरु कुन–कुन छन् ?ती तालिमहरु कसलाई सबैभन्दा बढी उपयोगी हुन सक्छ भन्ने जानकारी पनि दिन गइरहेको छ । साथै, नेपाली पैसाका सूचना, तथ्यांकहरु लगायत स्मार्ट वेल्थ–प्रो को पेशेवर प्रयोग गर्न निःशुल्क सिकाउने कक्षा यही चैत १२ गते बिहीबार बिहान ७ बजेदेखि ८ बजेसम्म र बेलुका पनि ७ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्दैछ । बिहान वा बेलुका आफूलाई पायक पर्ने समयमा यो निःशुल्क कक्षामा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ । 
सेयर बजारमा राम्रो कमाई गर्नका लागि पुस्तकहरु पढ्ने, तालिम लिने र निरन्तर स्वअध्ययन गरिरहनु जरुरी हुन्छ । तर आफूलाई उपयुक्त हुने कुन तहको तालिम हो थाहा नपाउँदा यथेष्ट लाभ लिन नसकिने पनि हुन्छ । तालिम लिनुअघि के–कस्ता पूर्वतयारीहरु गर्दा तालिम बढी प्रभावकारी हुन्छ ?तालिम लिइसकेपछि नेपाली पैसा, यसका निःशुल्क सूचना, तथ्य तथ्यांकहरु तथा वेल्थ–प्रो जस्ता सशुल्क उपयोगी प्रडक्टहरुको कसरी प्रयोग गर्नुपर्छ भन्ने जानकारी पनि यो निःशुल्क कक्षामा जानकारी दिइनेछ । यो निःशुल्क कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको जूम लिंकबाट इन्ट्री गर्न सकिनेछ ।
https://zoom.us/j/98001105005?pwd=SE5wUWpYVEluZENVR0FoTmZkNFdIUT09
Meeting ID: 980 0110 5005
Passcode: 952586
Source: nepalipaisa
4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x