जिन्दावादका लागि जुम्ला पुगे निश्चल

निर्देशक निश्चल बस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘जिन्दावाद’को औपचारिक घोषणा गरेका थिए । अहिले निश्चल सोही चलचित्रको लोकेसनका लागि जुम्ला पुगेका छन् ।लोकेसनका लागि केही दिन अघि जुम्ला पुगेका निश्चलले चलचित्रको केही सिन मुगुमा पनि खिचिने बताए । रारा ताल वरिपरिको लोकेसन हेर्न निस्कने तयारीमा रहेको उनको बताएका छन् ।

निश्चलको यो चलचित्रमा २ अभिनेता सौगात मल्ल र दयाहाङ राईले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् । आगामी वैशाखको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जिन्दावाद’का लागि अन्य कलाकार भने फाइनल गरिएको छैन ।निश्चलले ‘लुट २’पछि ‘जिन्दावाद’ निर्देशन गर्न लागेको हुन् । लुटपछि अभिनयमा बढी सक्रिय रहेका निश्चल यही चलचित्रमार्फत् पुनः निर्देशनमा फर्किँदैछन् । चलचित्रको कथा बुद्धि सागरले लेखेका हुन् ।

Source: farakdhar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x